बंगलादेश बैंकलाई नबिल बैंकमा प्राप्ति गर्न राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

नेपाल राष्ट्र बैंकले  नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा प्राप्ति गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बैंकको  सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबि बैंक गाभ्न अनुमति दिएको हो ।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने भएको छ । आगामी ६ महिनाभित्र सम्पूर्ण कुराहरु मिलाएर एकिकृत कारोबार गर्ने तयारीमा नबिल बैंक लागिसकेको छ । मर्जरपछि बैंकको  चुक्ता पूँजी २२ अर्ब ५० करोड र प्राथमिक पूँजी ४३ अर्ब पुग्ने भएको छ ।

नबिल बैंकले एनबि बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । नबिल बैंकले नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी प्राप्ति गर्न लागेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *