

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार गर्दै आएका छन् । सोही अनुसार दुई मर्चेन्ट बैंकबीच पनि मर्जर भएको हो ।
Artha Sanjal

अर्थ सन्जाल