काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा संस्थापक समूहको ९ लाख ७४ हजार ९४० कित्ता (८० प्रतिशत) र सर्वसाधारण समूह (आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषसहित)को २ लाख ४६ हजार ७३५ कित्ता सेयर (२० प्रतिशत) रहेको छ।
कम्पनीको उक्त सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँ तोकेको छ।




