कालोसूचीमा परेकाहरुले निफ्रामा खाता खोल्न नपाउने

काठमाडौं । कालोसूचीमा परेकाहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकासलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै पूर्वाधार विकास बैंकले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गर्नुपर्नेछ।

कालोसूचीमा नरहेको अवस्थामा मात्रै त्यस्ता निक्षेपकर्ताको निफ्राले खाता खोल्नुपर्नेछ। यसबापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन।

यसैगरी निफ्राले राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का वा फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिका आधारका रुपमा लिनुपर्नेछ। यसअघि यो व्यवस्था पनि थिएन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *