कामना सेवा विकास बैंकले प्रयोगमा ल्यायो लिलामी सम्बन्धी अनलाइन प्लाटफर्म

काठमाडाैं । कामना सेवा विकास बैंकले लिलामी सम्बन्धी अनलाइन प्लाटफर्म ‘KSBBL Auction Hub’ प्रयोगमा ल्याएको छ ।

कामना सेवाले बैंकिङ क्षेत्रमा नै पहिलो पटक यस्तो प्लाटफर्म प्रयोगमा ल्याएको हो । बैंकका अनुसार यस प्लाटफर्ममा यस बैंकका लिलाम सम्बन्धीका सम्पूर्ण जानकारी उपलब्ध हुनेछन् ।

यसअघि यस बैंकले लिलाम सम्बन्धी सूचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्दै आएकोमा अब त्यस्ता सूचना, लिलाममा चढेका तथा गैर बैंकिङ सम्पत्तिहरूको थप विवरणसमेत हेर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *