काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको खुद नाफा ४२.५१ प्रतिशतले बढेर ५८ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन ४.४६ प्रतिशतले घटेर १४ अर्ब ५७ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १५ अर्ब २५ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।
यो अवधिसम्म कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ७२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीको जीवन बीमा कोषको आकार २३.२७ प्रतिशतले बढेर ५२ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो। महाविपत्ति जगेडाको आकार पनि बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.२५ रुपैयाँ कायम भएको छ। पीई रेसियो ६९.९५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.८३ रुपैयाँ रहेको छ।




