घट्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड ३० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी २७.४६ प्रतिशत घटेर १ अर्ब ९ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा २५.९१ प्रतिशत घटेर ४३ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको ५८ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

संस्थाको वितरणयोग्य मुनाफा भने ७५ करोड ६० लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर वितरणयोग्य मुनाफा ४३ रुपैयाँ ४६ पैसा रहेको छ।

संस्थाको निष्क्रिय कर्जा १.४३ प्रतिशतबाट बढेर ४.६४ प्रतिशत पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा घटेर १७ रुपैयाँ २५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२६ गुणा रहेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १५ अर्ब ९३ करोड ८५ लाख निक्षेप तथा सापटीबाट १८ अर्ब ३ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *