काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। बोर्डले जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । यी ३ वटै कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका छन्।
योसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ। यसअघि २९ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्।
यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब १२ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन् ।
Artha Sanjal






