काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ अपर तामाकोशीको सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार अपर तामाकोशीको प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३८६.१० रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको आइतबारबाट सेयर कारोबार खुल्नेछ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।
कम्पनीले चुक्तापुँजीको १:१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । जस अनुसार कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ।
हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ।




