विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने गर्ने भएको छ ।

विद्युत प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको बताएका हुन् ।

प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन कार्य सकिएको छ । प्राधिकरणको तेस्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बित्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ ।

आन्तरिक र वाह्य गरी विद्युत् बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ । कुल आम्दानी भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानी बढे पनि कम्पनीको कर्मचारी तथा अन्य खर्चहरु बढ्दा गत आर्थिक वर्षको नाफामा केही कमी आएको देखिन्छ । २०७८/७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *