जंगलमा भेटियो ११ थान भरुवा बन्दुक

रूकुम । भुमे गाउँपालिका-६ स्थित तामारीको जंगलको ओढारबाट ११ थान भरूवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरु फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *