नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रोपटक ‘युरोमनी-अवार्डस फर एक्सिलेन्स’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि ‘युरोमनी–अवार्डस फर एक्सिलेन्स–२०२३’बाट सम्मानित भएको छ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो। यसअघि दुईपटक सन् २०१८ र २०२१ मा पनि बैंकले यो अवार्ड हासिल गरेको थियो।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकलाई उपयुक्त सेवाहरु र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरुका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ।

चुक्तापुँजी ३४.१२ अर्ब रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा उच्च हो। बैंकले २९६ शाखा, २८० एटीमए, ६२ एक्सटेन्सन काउन्टर र १०७ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

उत्कृष्ट सेवाका लागि ७ वटा बैंक अफ दि इयर अवार्ड प्राप्त गरेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक आईएसओ ९००१ः२०१५ प्रमाणित र इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी नेपाल)बाट ‘ए’ क्रेडिट रेटिङ दिइएको बैंक पनि हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *