संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सांग्रिला बैंकको आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोगअन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ ।

महिला आदर्श सेवा केन्द्र नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं २०४० मा स्थापना भएको संस्था हो ।

यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै केन्द्रकी अध्यक्ष निरु श्रेष्ठले बताइन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालयमार्फत समय–समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *