काठमाडौं । नेपालभरका लघुवित्त शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । सयौँको संख्यामा जम्मा भएका पीडितहरुले शुक्रबार माइतीघर हुँदै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शामा मेचीदेखि महाकालीसम्मका पीडितहरुको उपस्थिति थियो ।
सरकारले माग पूरा नगरेपछि पीडितहरु पुन: सडकमा उत्रिएका हुन् । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, सामुहिक ऋण मिनाह गर, निःशुल्क ऋण प्रदान गर लगातयका नारा लगाएका थिए ।
आफूहरु मर्नु न बाच्नुको अवस्थामा पुग्दा पनि सरकारले चाँसो नदेखाएको पीडितको गुनासो छ । वर्षको समयमा पनि घाम पानीको प्रवाह नगरी उनीहरुले आफ्नो अभियानलाई जारी राखेका छन् ।

लघुवित्तले लाखौँ सर्वसाधारणलाई लुटेर घरबारविहीन बनाउँदा पनि सरकारले आँखा नखोलेको भन्दै माग सम्बोधनमा चाँसो नदेखाए सिंहदरबारले थेग्न नसक्ने पीडित उतार्ने समेत चेतावनी दिएका छन् । वर्षाका बीच पनि एक हजारभन्दा बढी पीडितहरुले शुक्रबार माइतीघरदेखि नयाँबानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

लघुवित्तका कारण आफूहरू समस्या परेको भन्दै उनीहरू सरकारसँग यथासिघ्र न्याय माग्दै काठमाडौं आइपुगेका हुन् । लघुवित्तले घरमा बस्न नदिएपछि आफूहरु काठमाडौं आउन बाध्य भएको पीडितहरु बताउँछन् । पीडितहरु आजबाट अनसन बस्ने तयारीमा छन् ।
तस्बिरहरु










तस्बिर : तेज किराँती







