प्राइम बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ। प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

खरिद आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *