एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहकले सोल्टी होटलमा छुट पाउने भएका छन् । शुक्रबार बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिबीच यसबारे द्विपक्षीय सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड वेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *