सेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । सेयर बजारमा मंगलबार पनि सामान्य अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२५ अंकले बढेर ३८८.८६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि हिजोको तुलनामा पौने २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २८३ कम्पनीका ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँमा किनबेच भएका छन्।

त्यसैगरी,  विकास बैंक समूह सर्वाधिक ३.४२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.९९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.३६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.१९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२३ प्रतिशत, लगानी समूहमा ०.५४ प्रतिशत, जीवन बीमा समूहमा ०.६८ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ प्रतिशत, अन्य समूहमा ०.५४ प्रतिशत र व्यापार समूहमा ०.७२ प्रतिशतको गिरावट आएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी, शिवम सिमेन्ट, सोल्टी होटेल, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, नबिल बैंक र एसियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *