कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनमा सहमति

काठमाडौं । कोशी प्रदेशमा पहिला नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पहिला प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने सहमति जुटेको हो ।

यो सहमतिसँगै कोशीका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले मुख्यमन्त्री बनाउने भएको छ । बैठकमा सहभागी एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेका अनुसार गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापालाई अगाडि बढाउने सहमति भएको हो ।

यसअघि माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । आङ्बोले पनि दाबी गरेपछि सहमति जुटाउन नेताहरू काठमाडौं आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *