सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ ।

एक समारोहबीच बैंकले एक लाख बत्तिस हजार रुपैयाँको को चेक ‘साथ’का कार्यक्रमकी प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो ।

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ जहाँ आर्थिक रूपमा विपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोली वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका आवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।

यो रकम ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा खर्च गर्ने कुरा प्रबन्धक शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *