देउराली सहकारीका सञ्चालक चौलागाईलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको सञ्चालकहरुलाई पक्राउ गर्न सीआईबी सीआईबीलाई परिपत्र गरेको हो ।

यो सँगै सहकारीका सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई बाटो खुलेको छ ।

संस्थाका सदस्यहरुले संस्थाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमाणसहित मंगलबार नै उजुरी दर्ता गरेका छन् । संस्थाले ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी झुटो प्रचार गर्दै आएको थियो । बचत फिर्ता गरेको दाबी संस्थाले गरे पनि बचतकर्ताले भने बचत फिर्ता पाउन सकेको थिएन ।

संस्थाले गत असार १ गतेदेखि कार्यालय बन्द गरेको थियो । संस्थाको कारोबार बन्द भएपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिएका थिए ।

सहकारीले बचत फिर्ता नपाएका बचतकर्तालाई सम्पर्कमा आउन भनेर भने पनि बचत भने फिर्ता नगरेको बचतकर्ताहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *