अरुण काबेलीलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण काबेली पावर लिमिटेडलाई १०० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति दिएको छ । कम्पनीले १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *