फोनेपेको नेटवर्कमा नमस्ते पे आवद्ध

काठमाडौं । भुक्तानी नेटवर्क ‘फोनपे’ र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आवद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा फोनपे र नमस्तेका प्रतिनिधि सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन्‌ ।

No description available.

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा आवद्ध हुँदा नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु-आर मार्फत पनि भुक्तानी गर्न सक्ने बताए । उनले नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्ने बताए ।

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने साझेदारी महत्वपूर्ण बताउँदै नमस्तेपेसँगको साझेदारीले ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको बताए ।

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले फोनपे नेटवर्कलाई नमस्तेपे भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेटहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा उत्साहित भएको बताए ।

उनले ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत रहेको पनि बताए । उक्त सहकार्यले ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *