ललिता निवास प्रकरण: अदालतबाट ‘स्टे अर्डर’ लिएका मालपोतका तीनजना कर्मचारी छुटे

काठमाडौँ । ललिता निवास प्रकरणमा अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको छ।

मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर’ लिएको खुलेको थियो। ‘स्टे-अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

स्टे-अर्डरमा पक्राउ नगर्न आदेश दिइएको हुँदा कागज गराएर छाडिएको उनले बताए। ‘उहाँहरूले पहिल्यै स्टे-अर्डर लिएका थिए। आदेश अनुसार नै हामीले छाड्यौं,’ अधिकारीले भने।

सीआइबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *