काठमाडौं । सेयर बजार सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ।
बजार आज ११.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१२९.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले बढेर ३९९.११ को विन्दुमा पुगेको छ। कारोबार सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा किनबेच भएका छन्।
आज लघुवित्त समूह सर्वाधिक ३.९९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.११ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६९ प्रतिशत, विकास बैंक समूहमा ०.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८४ प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५० प्रतिशत र म्युचुअल फन्ड समूहमा १.३७ प्रतिशतको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक ०.९७ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५४ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.४४ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र व्यापार समूहमा ०.२४ प्रतिशतको गिरावट आएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक ४२ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सोल्टी होटेल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, सूर्यज्योति लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक र एसियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।




