काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केयर रेटिङबाट केयरएनपी त्रिपल बी प्लस रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यको आइपीओको लागि त्रिपलबी प्लस रेटिङ पाएको हो । यसले कम्पनी वित्तीय रुपमा सक्षम रहेको देखाउँछ ।
कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि १९९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २९९ रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको वित्तीय अवस्था बलियो बनेसँगै आईपीओ अझै महंगो बन्न पुगेको हो ।
Artha Sanjal







