अब विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनुभएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा आम ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NIC ASIA MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । यस सेवापश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *