वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो ।

जसमा शाई होप र निकोलश पूरनले शतक प्रहार गरे । होपले १३२ र पूरनले ११५ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *