बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

बैंक अफ काठमाण्डूको ४७ हजार ३५० कित्ता संस्थापक शेयर फागुन ११ गते बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले सुलोचना कसजुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बुधवार ३५ दिने सचुना जारी गरेको हो ।

यो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक  संस्थापक सदस्यहरुले तोकिएको अवधिभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य संस्थाहरुमा यो शेयर विक्री गरिने  कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *