एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको एनएमबि जन्मभूमि बचत खाता (रेमिट्यान्स)मा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *