अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने दिने कार्यसूची छ ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो । बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *