


काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँट गरिने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो ।
आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो।
कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको थियो। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १९.८२ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

अर्थ सन्जाल