काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ । सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अन्तिममा अर्थमन्त्री डा. महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ ।







