काठमाडौं । नेपालमा अझै ठूलठूला पदमै बसेका व्यक्तिहरुमा समेत वित्तीय साक्षरता नभएको मैले पाएको छु । म राष्ट्र बैंकमा गभर्नर भएर काम गर्दै गर्दा योजना आयोगका पूर्वउपाध्यक्ष जस्ता ठूला मान्छेहरु समेत सहकारीमा धेरै पैसा फस्यो राष्ट्र बैंक मार्फत सहकारीलाई रेस्क्यू गर्ने व्यवस्था गर्न पर्यो भन्दै दबाव दिन आउँथे । म नाम लिन्नँ तपाईहरुले आर्थिक क्षेत्रको राम्रो विज्ञ भनेर कहलिएका मान्छेहरु हुन् उनीहरु । मैले हुँदैन केन्द्रीय बैंक, बैंकहरुलाई मात्र समस्यामा परे सघाउ गर्ने र नियमन गर्ने संस्था हो, भनेर बुझाउन पर्थ्यो। कति पटक म कहाँ आएर घ्वाँघ्वाँ रुन्थे । कुन लेबलको सोच छ ,मैले किन तपाईहरु जत्तिको बुझेको मान्छे पनि सहकारीमा पैसा राख्नुभयो भनेर सम्झाउन पर्थ्यो । मत सोच्थें विज्ञ भएका मानिसहरुमा पनि यति पनि वित्तीय चेतना किन नपुगेको होला ।
जुन देशमा यस्ता पैसाको मुभमेन्ट बुझिन्न त्यो देश अगाडि बढ्दैन । ग्राभिटी नबुझ्दा यो समस्या आएको हो । मैले आज भन्दा डेढसय वर्ष अगाडि लण्डनमा प्रकाशित एउटा किताब बढेको थिएँ । त्यो किताबमा त्यतिखेरै पैसाको कुरा गरिएको रैछ । जबकि हाम्रोमा ४० वर्षअघिसम्म खुलेर पैसाबारे घरको जेठाबाठा अर्थात घरमूली बाहेक अरुले बोल्न नपाउने अवस्था थियो । मैले एकपटक जापान भ्रमणको मौका पाएको थिएँ । त्यतिखेर मैले घुम्दै जाँदा सानसाना बालबालिकाहरुले हातहातमा प्लेकार्ड बोकर र्याली गरिरहेको देखेँ । मैले एक जनालाई सोधें के गरेको भनेर अनि भनियो यो बच्चाहरुलाई शेयर बजारबारे जानकारी गराउन शेयरमा लगानी गरौं भनेर लेखिएको प्लेकार्ड बोकाइएको हो । किनकि आजका यिनै बालबालिका भोलिका लगानीकर्ता हुन् नी त ।
त्यसपछि १९९७ पछि दक्षिण एसियामा आर्थिक मन्दी आयो त्यतिखेर हामीले पनि नेपालमा पनि इन्टर्नल बरोइङबाट शेयर कारोबार शुरु गराइयो नत्र त्यसअघि एफडीआईबाट शेयरमा लगानी गरिन्थ्योे । म त्यतिखेर धितोपत्र बोर्ड अध्यक्ष थिएँ । मैले शेयरबारे जनचेतना जगाउने गरी बालबालिकाहरुलाई अघि सारेर जापानको जस्तो कार्यक्रम गर्दा धितोपत्र बोर्ड अध्यक्षले बालश्रम गर्न लगाएर बालबालिकाको दुरुपयोग गर्यो भनेर समेत पत्रपत्रिकामा सार्वजनिक समेत भएको थियो ।
( पूर्व गभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले फाइनान्सियल लिटरेसी नेपालको समुद्घाटनका क्रममा राखेको मन्तब्यमा आधारित रहेर तयार पारिएको सामग्री )






