काठमाडौं । बजेटबारे असन्तुष्टि पोख्दै एमाले नेता रघुजी पन्तले ब्यांग्य प्रहार गरेका छन् । ‘उहिले उहिले प्याज काट्दा आँसु आउँथ्याे अब प्याज किन्दै आँसु आउँछ’, एमाले नेता पन्तले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम समानुकूल छैन ।
पैसा भन्दा पनि प्रतिबद्वताका बजेट चुकेको उनले बताए । उनले सरकारले चुरे बेच्न खोजेको भन्दै विरोधसँगै चेतावनी पनि दिए । उनले भने, ‘चुरे नछुनु होला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’ संसदमा बोल्दै एमाले नेता रघुजीले देशको प्राकृतिक स्रोत बेचर देश कहिल्यै धनी नहुने बताए । उनले चुरे सरकारले बेच्ने हो भने देशमा आगो बल्ने चेतावनी दिएका हुन । उनले भने, ‘ढुंगा, माटो, गिट्टी बेच्नुभन्दा पहिला सोच्नुहोला । हामी आफैँलाई चाहिन्छ ती स्रोतसाधनहरु ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कांग्रेसका सभापति शेरबहादुर देउवाका आफ्नोे क्षेत्रमा मात्रै बजेट बाँडेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन । ‘बजेट खन्याएर मात्रै चुनाव जितिँदैन’, पन्तले भने । उनले बजेटमा केही नभएको र बजेट दिशाहीन भएको बताए ।
अर्थ सन्जाल