करकाे दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता छानबिन गर्न प्रतिपक्षको अडानले संसद बैठक बस्न ढिलाइ

काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी दल पछि नहटेपटि प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको । प्रतिनिधिसभा बैठक अगाडि सभामुख देवराज घिमिरेसहित सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले यस्तो अडान राखेका हुन् ।

आगामी आर्थिक वर्षका लागि सदनमा प्रस्तुत बजेटमाथिको छलफल गर्न मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला भइसक्दा पनि सुरु भएको छ ।

गत जेष्ठ १४ गते राति अनधिकृत व्यक्ति प्रवेश गराई सीमित घरानालाई फाइदा पुग्ने गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर परिवर्तन गरेका समाचार सोमबार सार्वनिक भएको थियो । त्यसपछि सोमबारको प्रतनिधिसभामा संसदीय छानबिन समिति गठन नगरिए मंगलबार (आज)को बैठक चल्न नदिने चेतावनी राप्रपाले दिएको थियो ।

तर यो विषयको वास्तविकता फरक रहेको भन्दै सत्तारुढ दलहरुले प्रतिवाद गरेका छन् । प्राविधिक रुपमा जान्ने भएका कारण करारको सरकारी कर्मचारीले बजेट टाइप गरेको विषय अन्यत्र जोड्न नमिल्ने सत्तारुढ दलहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *