


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने कुनै प्रस्ताव नराखेको प्रष्ट्याएका छन् ।
भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताए ।
प्रधानमन्त्री दाहालले सीमा समस्याबारे आफ्नो स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि सोही कुरा राखेको बताउँदै सिधा देखिएको कुरालाई घुमाउने कोसिस नगर्न समेत सांसदहरुलाई आग्रह गरे ।
आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।
तर, बङ्गलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

अर्थ सन्जाल