


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि (सोमबार) दक्षिण अफ्रिका पठाउने तयारी गरिएको छ । बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई अफ्रिका पठाउने भएको हो।
यसअघि गत मङ्गलबार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।
असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
Artha Sanjal

अर्थ सन्जाल