


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी गृहेन्द्र घिमिरेसँग बिबाह बन्धनमा बाँधिएकी हुन।
घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेका थिए । चितवन घर भएका गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुन् । उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ ।
विवाहपश्चात दुवैजना जापान गएकाे पारिवारीक स्राेतले जानकारी दिए । विवाह गरेको विषयमा औपचारीक खुलासा भने दुवै जनाले गरेका छैनन्। २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् ।
Artha Sanjal

अर्थ सन्जाल