बजेटमा समावेश भएका विषयबारे हामी गम्भीर छौँ, सरकारसँग समन्वय गर्छौं : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजीबजार बारे बजेटमा समावेश भएका विषयबारे गम्भीर भएको बताएका छन् । आज बोर्ड कार्यालयमा सेयर लगानीकर्ताहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले लगानीकर्ताहरुले उठाएका माग अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा बुझाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले एफपिओको प्रिमियमको करको विषय, मर्जर तथा प्राप्तिको लाभको करको विषय, पुँजीगत लाभकर अन्तिम हो वा होइन भन्ने विषयमा आज अर्थमन्त्रीसँग छलफल गरेर समन्वय गर्ने प्रतिबद्दता जनाएका हुन् । उनले आफुले यी विषयमा आफुले सरकारसँग समन्वय गर्ने भएकोले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।

आज नै सेयर लगानीकर्ताका ३ वटा संगठनले समुक्त विज्ञप्ति जारी गर्दै व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गर्न माग गरेका छन् । आर्थिक ऐनको बुँदा नं. २९ को व्यवस्था कर विभागको मिति २०७७/०३/०५ को पत्र विपरित रहेको संघहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *