अर्थ सन्जाल
२३ मंसिर २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२३ मंसिर २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा

  • अर्थ सन्जाल
  • १७ जेष्ठ २०८०, बुधबार ०७:२७


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पारेका छन् । नेपालको नक्सामा उल्लेखित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत सीमा समस्या सल्ट्याउने विषयलाई प्रधानमन्त्री दाहालले प्राथमिकताबाहिर राखेका हुन्। प्रधानमन्त्री प्रचण्ड आज ८८ जनाको जम्बो टोली लिएर मित्रराष्ट्र भारत भ्रमणमा जाँदैछन् ।

जेठ १७–२० चारदिवसीय भारत भ्रमणको एजेन्डामा लगानी, विद्युत् व्यापार, विकास आयोजना निर्माण र आपसी सम्बन्ध सुधारलाई प्रगाढ बनाउने भनिए पनि सीमा समस्याका विषयलाई प्राथमिकतामा नराखिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको भ्रमणमा नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँग डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापारको बाटो खुला गर्ने, तल्लो अरुण, पञ्चेश्वर, फुकोट कर्णाली जलविद्युत् विकास आयोजना, अमलेखगञ्ज–लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणका विषय एजेन्डामा समावेश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सीमा समस्या समाधानका विषयमा भने अनौपचारिक छलफल मात्रै हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले बताए। ‘सीमा विवादका विषयमा छलफल हुन्छ तर, त्यो विषयमा निष्कर्ष निस्कँदैन’, गजुरेलले भने– ‘भूमि विवादको विषय धेरै पहिलादेखि समस्याको विषय भएकाले अलि बढी नै सहजीकरण गर्नुपर्ने हुन्छ । सीमा विवादका विषयमा दुवै पक्षबीच स्वाभाविक रूपमा छलफल हुन्छ । तर, यो मुख्य छलफलको विषय भने बनाइएको छैन । एयर रुट, विद्युतीकरण विशेष गरी नयाँ पञ्चेश्वर परियोजनाले प्राथमिकता पाउँछन् ।’

सीमासम्बन्धी उक्त विवाद समाधानका लागि भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्नुपर्नेमा उनले यस विषयलाई ओझेलमा पारेपछि नागरिकमा निराशा र असन्तुष्टि छाएको छ । प्रधानमन्त्रीसहित उच्चस्तरीय भ्रमणमा सीमा समस्याको विषयले प्राथमिकता पाउने आम नागरिकको अपेक्षा थियो । तर, नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत भूमिलाई भारतले आफ्नै भूमिझैँ भोगचलन गर्दै आएको विषयलाई प्रधानमन्त्रीको भ्रमणको औपचारिक छलफलको विषय नबनाइनुलाई अस्वाभाविक रूपमा लिइएको छ ।

०७७ सालमा साविक संविधानमा उल्लेखित नेपालको नक्सा संशोधन गरी छुटेका भूमिहरू राखिएको थियो । तर, चुच्चे नक्सामा उल्लेखित भूमिहरूलाई व्यावहारिक रूपमा नेपालले फिर्ता ल्याउन सकेको छैन । सरकारले गर्नुपर्ने आवश्यक कूटनीतिक पहलहरू प्रभावकारी नहुँदा भारतीय पक्षबाट भइरहेको बलमिच्याइँलाई उच्चस्तरको भ्रमणमा द्विपक्षीय छलफलको विषय बनाइए पनि पार नलाग्ने भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले बताए। उनले भने– ‘सीमासम्बन्धी समस्या जटिल छ । जनताका अगाडि एजेन्डा उठाउनका लागि मात्रै उठाएको हुन्छ । पछिल्लो समय भारतको संसद्मा लुम्बिनीको नाम राखिएको विषयमा कुरा उठाउन सकिन्छ । तर, सीमासम्बन्धी कुराहरू उठाउँदा अहिले जे एजेन्डाहरूमा छलफल गर्ने भनिएको छ त्यो नै प्रभावित हुन सक्छ । यसको समाधानको पाटो निकै जटिल छ ।’

इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदिका कारण नेपाल र भारतबीच सम्बन्ध अटुट तथा अद्वितीय रहिआएको छ । भ्रमणबाट दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धमा अझ प्रगाढ बनाउँदै आपसी विश्वास बढाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Artha Sanjal
मिती : १७ जेष्ठ २०८०, बुधबार ०७:२७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स

जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ताजा समाचार

  1. जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
  2. रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
  3. बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स
  4. जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
  5. २०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ कार बजारमा आउने, मूल्य पनि घट्ने
  6. यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
  7. टिकटकमा प्रतिबन्ध लगाएपछि फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

विजनेश फोकस

२०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ क...

सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना ...

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.