सांसद विकास कोषमाथि दुविधा नलिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विवादित सांसद विकास कोषको लागि छुट्याएको बजेट बाहिर हल्ला भए जस्तो नभएको भन्दै बचाऊ गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले उक्त कुराको बचाऊ गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । सांसदलाई पैसा बाड्न लागिएको भन्दै यसको विरोध भएको थियो । उक्त कार्यक्रम सांसद विकास कोष नभई संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भएको प्रष्ट्याएका हुन् ।

अर्थमन्त्री महतले ५ करोड रुपैयाँ संघीय मन्त्रालय अन्तर्गतकै विभागहरुले ठेक्का लगाएर काम हुने बताए । एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ने उनको भनाइ छ ।

अर्थमन्त्री महतले बजेटको उद्देश्य विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गर्दै यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *