आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट

काठमाडौं । आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसनका तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्तनी गर्दा ४५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ।

उक्त सम्झौताअन्तर्गत अरोगिन हेल्थ केयरको विभिन्न सेवासुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तनी गर्दा सुविधाबमोजिम ५ प्रतिशत देखि ४५  सम्म छुट प्रदान गरिनेछ।

यो छुट सीमित सेवालाई मात्र लागू हुने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *