


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको भएपनि विभिन्न कारण देखाउँदै उनले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।
जेठ १२ गतेदेखि अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।
३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।
Artha Sanjal

अर्थ सन्जाल