एनआईसी एशिया क्यापिटलले इजर्जिङ नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा जिम्मेवारी पाएको छ। कम्पनीको आइपीओ विक्रीको जिम्मेवारी पाए पश्चात क्यापिटललाई शेयर व्यवस्थापनको जिम्मेवारी समेत दिईएको छ ।
फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरुको लगत अद्यावधि गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।
एनआईसी एशिया क्यापिटल शेयर रजिष्ट्रारको काम समेत जिम्मेवारीपूर्वक गर्नेमा कम्पनी विश्वस्त छ । क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रकृया अघि बढाई सकेको जानकारी दिएको छ ।




