सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

आइतबार तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको छ ।आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *