आईपीएलको फाइनलमा चेन्नई सुपर किंग्स

काठमाडौं। चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिगको फाइनलमा पुगेको छ।  मंगलबार राति भएको रोमान्चक खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।

चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो। जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भयो।

एमए चिदंबरम स्टेडियम चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।

चेन्नईका लागि रवीन्द्र जडेजाले ब्याटिङ र बलिङ, दुवैमा उत्कृष्ट प्रदर्शन गरे। सुरुवाती ब्याटिङमा २२ रन बनाएका जडेजाले गुजरातलाई रोक्नका लागि महत्वपूर्ण २ विकेट लिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *