नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्र प्रसाद महतो मन्त्री र प्रमिला कुमारी राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
वन तथा वातावरण मन्त्रीमा महतो नियुक्त भएका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा कुमारी नियुक्त भएकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको उल्लेख छ ।

Artha Sanjal






