काठमाडौंमा आजबाट सम्पदा घुम्ती बस सेवा सुरु हुँदै

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् ।

आजबाट औपचारिक रूपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।

परीक्षणका लागि दुईवटा साझा बस केही दिन निस्शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *