क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएाके छ ।

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *