३२.३० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा पनि वृद्धि

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३२.३० अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक बिहीबार  ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.२३ अंकले बढेर ३५८.१८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ।

आज पनि कुल १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली छाएको छ। आज कारोबार भएका कम्पनीमध्ये २०४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

हिमालय उर्जा विकास कम्पनी लिमिटेड डको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२५.७० रुपैयाँ पुगेको छ । त्यसैगरी, सिभा श्री हाइड्रोपावर, गणपति लघुवित्त, स्वीत गँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको पनि सेयर मूल्य बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *